२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

आइतबार माधव नेपालले मन्त्री पठाउने, तर यस्ता छन् शर्त

आइतबार माधव नेपालले मन्त्री पठाउने, तर यस्ता छन् शर्त
अ अ+ अ-

काठमाडौ । नेकपा एमालेभित्र नै बसेर अध्यक्ष केपी ओलीसँग बिद्रोह गरिरहनु भएका बरिष्ठ नेता माधबकुमार नेपालले पाँच दलीय गठबन्धन मजबुत बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्वस्त पार्नुभएको छ ।

नेता नेपालकै कारण सरकार बिस्तारमा ढिलाई भैरहेको भन्दै आलोचना हुन थालेपछि उहाँले  आईतबार वा सोमबार मन्त्रिपरिषदमा पठाउने नेताहरुको नाम उपलब्ध गराउने आश्वासन प्रधानमन्त्री देउवालाई दिनुभएको उहाँ निकट एक नेताले न्युजपोलारलाई जानकारी दिनुभयो ।

ती नेताका अनुसार कुनै पनि हालतमा तत्काल अध्यक्ष ओलीसँग कुनै सहमति नगर्ने मनस्थितिमा रहनुभएका नेता नेपाल गठबन्धनलाई नै कसिलो बनाउन कस्सिनु भएको छ ।

ती नेताकाअनुसार आफुलाई दोस्रो तहका नेताभन्दै संस्थापन नेतातिर छलफलमा बसेका एक नेता बाहेक अरुसँग उहाँ असन्तुष्ट हुनहुन्छ । पछिल्लो समय एकताका लागि भैरहेका गतिबिधिका कारण सरकार बिस्तारमा ढिलाई भएका कारण पार्टीका तर्फबाट सांसद नभएका र केन्द्रीय सदस्य नरहेका पाँच जना जतिलाई तत्काल सरकारमा पठाउने तयारीमा नेता नेपाल रहनु भएको छ ।

ती नेताका अनुसार राष्ट्रियसभामा स्वतन्त्र रुपमा जिताइएका सांसद खिमलाल देबकोटासहित अन्य चार ब्यक्तिहरुलाई मन्त्रीमा पठाउने तयारी भैरहेको ती नेताले जानकारी दिनुभयो । नेता नेपालको समूहलाई ६ ओटा मन्त्रालय दिने तयारी प्रम देउवाले गर्नुभएको छ ।

सरकारमा पठाउने व्यक्तिहरुलाई कुनै पनि बेला सरकारबाट फिर्ता हुनुपर्ने जानकारी समेत गराइएको ती नेताले जानकारी दिनुभयो । सांसद नभएका र पार्टीमा पनि सक्रिय नभएका जस्ता पारेर सरकारमा पठाइने छ ।

ताकि उनीहरुलाई अध्यक्ष ओलीले कारबाही गर्न नसकुन् र कानुनी रुपमा नमिलोस् पनि । तर यी सबैसँग माधव नेपालको एकमात्र सर्त छ कि नेपालले चाहेका बेला उनीहरु सरकारबाट बाहिरिन मान्नु पर्छ ।