२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः इरानले वेल्सलाई हरायो



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा इरानले पहिलो जित निकालेको छ । शुक्रबार अहमद बिन अलि स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई इरानले २–० गोल अन्तरले हराएको हो ।

इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक–एक गोल गरे । इरानले दुबै गोल खेलको इन्जुरी समयमा गरेको हो । खेलको ९८ औं मिनेटमा चेस्मीले तथा १०१ औं मिनेटमा रामिनले गोल गरे । खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटिन पुग्यो ।

इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

जितसँगै इरानले समूह ‘बी’मा २ खेलमा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । वेल्स समान खेलबाट १ अंकसहित पुछारमा छ । यस्तै, १ खेलमा ३ अंकसहित इंग्ल्याण्ड शीर्षस्थानमा रहँदा १ खेलबाटै १ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ ।