२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी



अ+ अ-

बर्दिया । बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन् ।

गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरे । गौतमले चार हजार चार सय ५६ मतान्तरले ज्ञवालीलाई पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो निर्वाचन क्षेत्रमा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा एक लाख चार हजार चार सय दुई जनाले मतदान गरेका थिए । यहाँ छ हजार चार सय २१ मत बदर भएको थियो ।