• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

रौतहट-४ बाट कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी



काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना विजयी भएका छन् । तिमल्सेनाले ३४ हजार १६१ मत ल्याई विजयी भएका हुन् ।

उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई ७ हजार ६०२ मतान्तरले पराजित गरे । रेग्मीले २६ हजार ५५९ मत ल्याएका छन् ।

तिमल्सेना २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।