झापा । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् ।
लिम्बुले २९ हजार ३१५ मत ल्याउँदै विजयी भएका हुन् । लिम्बुले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्ष देउमान थेबेलाई हराए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याए ।
झापा ४ मा ७८ हजार ४८३ मत खसेकोमा बदर मत मात्र ४ हजार ६४७ रहेको छ ।