• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी



पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो ।

कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । गिरीले २९ हजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७ हजार छ सय नौ मत ल्याउनुभयो ।

प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरलाई पराजित गर्नुभयो । कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार सात सय ४२ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार दुई सय १० मत प्राप्त गर्नुभयो ।

जिल्लाका ६१ वडामा ६६ हजार दुई सय २६ मत खसेको थियो ।