१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – नवनिर्वाचित सांसद थापा

भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – नवनिर्वाचित सांसद थापा
अ अ+ अ-

भादगाउँ । भक्तपुर क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा, स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

थापाले निर्वाचित भएलगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि सबैको साझा भएकाले सबै मतदतालाई आगामी दिनमा निष्पक्ष रही सेवा गर्ने र भक्तपुरको शिक्षा, स्वास्थ्य र समग्र विकास प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने मूल ऐजेण्डालाई अनुमोदन गरेकामा भक्तपुरका आम मतदातालाई धन्यवादसमेत दिनुभएको छ ।

“मङ्सिर ४ गते सम्पन्न निर्वाचनमार्फत संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने हाम्रो मूल एजेण्डालाई आफ्नो मतबाट अनुमोदन गर्दै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनुभएकामा सबै मतदातामा हार्दिक आभार व्यक्त गर्दछु”, विज्ञप्तिमा उल्ल्ेख छ ।

थापाले भक्तपुरका मतदाताले गर्नुभएको विश्वासलाई एउटा जिम्मेवारीका रूपमा लिएको र सो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

उहाँले निर्वाचनमा परिणामसम्म पु¥याउन विभिन्न तह र जिम्मेवारीमा रहेर मेहेनत गर्नुहुने गठबन्धनमा रहेका सबै राजनीतिक दलका टोल, वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला समिति, भातृ तथा शुभेच्छुक सङ्घसंस्थाका पदाधिकारी एवं सदस्य, आम जनसमुदाय, शुभेच्छुक तथा समर्थक र बुद्धिजीवी, मजदुर किसान वर्गको योगदानको उच्च कदर गर्दै आभारसमेत व्यक्त गर्नुभएको छ ।