८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा केही ठाउँमा सत्ता संरक्षित र प्रायोजित गुण्डागर्दी भयो: एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केही ठाउँमा सत्ता संरक्षित र प्रायोजित गुण्डागर्दी भएको बताउनुभएको छ ।

झापा क्षेत्र नं ५ बाट विजयी भएपछि गृहनगर झापा पुग्नुभएका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, “विभिन्न ठाउँमा बुथ कब्जा भएको छ, मान्छे मार्ने काम भयो, यस्तो कार्य लोकतन्त्रका लागि चुनौती र चिन्ताको विषय हो ।”

नागरिकले दिएको अभिमत आफनो ठाउँमा भएको उल्लेख गर्दै ओलीले भन्नुभयो, “निर्वाचनमा राज्यले अनेकन हतकण्डा अपनायो ।” उहाँले विजयी भएका उम्मेदवारलाई बधाई र पराजित भएका नेतालाई सहनुभूति प्रकट गर्दै मतदातालाई धन्यवाद दिनुभयो । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्तव्य र नीति स्पष्टरुपमा तय गर्न सुझाव दिनुभयो ।