२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही ५ मा एमालेका घिमिरे विजयी



अ+ अ-

रुपन्देही । रुपन्देही –५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी हुनुभएको छ ।

उहाँले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गर्नुभएको हो । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिनुभयो ।

कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो । रासस