• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

नुवाकोटः १ मा एमाले र २ मा गठबन्धनका उम्मेदवार अगाडि



नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

जारी रहेको मतगणनामा क्षेत्र नं.१ मा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार बद्री मैनालीले नौ हजार चारसय ६९ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले आठ हजार ७४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा।प्रद्युम्न महतले तीन हजार एकसय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्र नं। १ को प्रदेश–२ तर्फको जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठले छ हजार आठ सय ४८ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । कांग्रेसका उम्मेदवार रमेशकुमार महतले छ हजार सात सय नौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले एक हजार पाचसय ५१ मत ल्याउनुभएको छ ।

२ मा गठबन्धनका उम्मेदवारको अग्रता
निर्वाचन क्षेत्र नं.२ र उक्त क्षेत्रको प्रदेश–१ मा जारी मतगणनामा सत्तारुढ पाचदलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । बेलकोटगढी नगरपालिकाको मत गणना हुँदा प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले नौ हजार दुई सय नौ मतको साथ सुरुवाती समयदेखिको अग्रता कायम राख्नुभएको हो ।

जारी रहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले पाँच हजार आठसय ८७ मत र नेकपा ९एमाले०का उम्मेदवार नारायणप्रसाद खतिवडाले पाँच हजार तीनसय ६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले आठ हजार पाँच सय ५१ मत ल्याएर अग्रता कायम राख्नुभएको छ भने एमालेका उम्मेदवार केशवराज पाण्डेको सात हजार तीनसय ८० मतको साथ दोश्रो स्थानमा रहनुभएको छ ।

नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा ६१ हजार दुईसय ९३ मत खसेको छ भने क्षेत्र नं २ मा ६७ हजार ४ मत खसेको छ । दुई वटै प्रतिनिधिसभा र त्यसअन्तर्गत एक–एक वटा प्रदेश सभातर्फको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना भइरहेको छ ।