१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नुवाकोटः १ मा एमाले र २ मा गठबन्धनका उम्मेदवार अगाडि

नुवाकोटः १ मा एमाले र २ मा गठबन्धनका उम्मेदवार अगाडि
अ अ+ अ-

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

जारी रहेको मतगणनामा क्षेत्र नं.१ मा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार बद्री मैनालीले नौ हजार चारसय ६९ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले आठ हजार ७४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा।प्रद्युम्न महतले तीन हजार एकसय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्र नं। १ को प्रदेश–२ तर्फको जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठले छ हजार आठ सय ४८ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । कांग्रेसका उम्मेदवार रमेशकुमार महतले छ हजार सात सय नौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले एक हजार पाचसय ५१ मत ल्याउनुभएको छ ।

२ मा गठबन्धनका उम्मेदवारको अग्रता
निर्वाचन क्षेत्र नं.२ र उक्त क्षेत्रको प्रदेश–१ मा जारी मतगणनामा सत्तारुढ पाचदलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । बेलकोटगढी नगरपालिकाको मत गणना हुँदा प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले नौ हजार दुई सय नौ मतको साथ सुरुवाती समयदेखिको अग्रता कायम राख्नुभएको हो ।

जारी रहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले पाँच हजार आठसय ८७ मत र नेकपा ९एमाले०का उम्मेदवार नारायणप्रसाद खतिवडाले पाँच हजार तीनसय ६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले आठ हजार पाँच सय ५१ मत ल्याएर अग्रता कायम राख्नुभएको छ भने एमालेका उम्मेदवार केशवराज पाण्डेको सात हजार तीनसय ८० मतको साथ दोश्रो स्थानमा रहनुभएको छ ।

नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा ६१ हजार दुईसय ९३ मत खसेको छ भने क्षेत्र नं २ मा ६७ हजार ४ मत खसेको छ । दुई वटै प्रतिनिधिसभा र त्यसअन्तर्गत एक–एक वटा प्रदेश सभातर्फको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना भइरहेको छ ।