• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

जापानले जर्मनीलाई हरायो



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोवानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई मान्यता दिएन । उनी अफसाइड रहे ।

दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।