६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही– ४ मा लोसपाका शुक्ल विजयी



अ+ अ-

रुपन्देही । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ ।

लोसपाका कार्यकारिणी समितिका सदस्यसमेत रहनुभएका शुक्ल तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिनुभएको हो । क्षेत्र नम्बर ४ को ७६ हजार छ सय ७५ मत गणना हुँदा शुक्लले २८ हजार मत प्राप्त गरेको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार सात सय चार मत पाउनुभएको छ । यादव सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुनुहुन्छ ।

जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार पाँच सय २६ मत पाउनुभएको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । कूल एक लाख १० हजार छ सय ५९ मत रहेको क्षेत्र नम्बर ४ मा ६९ दशमलव ६४ प्रतिशतअर्थात् ७७ हजार ६४ मत खसेको थियो ।