९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजय पछि सागरको बुझाई: देउवाले राजनीतिक हिसाबले र सैद्धान्तिकरुपमा नातिलाई जित्नुभएन-भिडियो सहित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट दोस्रो सबैभन्दा धेरै मत पाई पराजित भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब राजनीतिबाट आराम गर्न सल्लाह दिनुभएको छ ।

युवाहरु संसद्मा जाँदैछन्, अब हजुरबुबा पुस्ताका देउवाले नेतृत्व गर्न सुहाउँदैन भन्दै उहाँले प्रधानमन्त्री देउवालाई अब प्रधानमन्त्रीको प्रत्याशी नभई आराम गर्न सुझाव दिनुभयो ।

ढकालले संसद्मा जाने युवाहरुलाई पनि सकेसम्म प्रधानमन्त्री हुनबाट शेरबहादुरलाई ठाउँको ठाउँ रोक्न आग्रह गर्दै भन्नुभयो, “अब संसदीय दलको नेतामा फेरि पनि प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प पाइयोस् ।”

प्रधानमन्त्री देउवासँगै डडेल्धुरामा निर्वाचनमा लडेका ढकालले अब नाति पुस्ता राजनीतिमा आइसकेकाले हजुरबुबा पुस्ताले राजनीति गर्न नाति पुस्तालाई सिकाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू ढल्किँदो सूर्य हुनुहुन्छ, म उदाउँदो सूर्य छु । म उदाउँदो सूर्यलाई हजुरबुबाले के पाठ सिकाउने त ? यो चुनावले अब अर्को चुनाव कसरी लड्ने भन्ने सिकाउनुपर्यो ।”

उहाँले प्रधानमन्त्री देउवालाई लक्षित गर्दै भन्नुभएको छ, “तपाईंले एउटा आमसभा गर्न ४०/५० वटा गाडी प्रयोग गर्दै गर्दा मैले दुईटा बाइक लिएर हिँडिरहेको थिएँ । यति गर्दा पनि यो जित भनेको तपाईंका लागि अंकगणितको जित भयो । जबरजस्ती पैसा पेलेर जितेको जस्तो भयो । तर तपाइँले राजनीतिक हिसाबले र सैद्धान्तिकरुपमा नातिलाई जित्नुभएन ।”

उहाँले अबपछिको निर्वाचनमा डडेल्धुराबाट प्रधानमन्त्री देउवाले उमेरका कारण पनि उठ्न नसक्ने भन्दै अबको ५/१० वटा निर्वाचनलाई लक्षित गरेर आफूले डडेल्धुराबाटै राजनीति गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको निर्वाचनमा डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी ढकाल स्वतन्त्र उम्मेदवारका रुपमा उठ्नुभएको थियो ।

https://www.facebook.com/newspolar/videos/874407563554802