• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

फिफा विश्वकपमा आज ४ खेल हुँदै



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् ।

आज बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेका यी दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यस्तै, बुधबार हुने तेस्रो खेलमा समूह ‘ई’ का स्पेन र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन् । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै बुधबार हुने चौंथो खेलमा बेल्जियम र क्यानडा आमनेसामने हुँदैछन् । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।