२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइसिएल इन्चार्जको गगन माथी आक्रोश: घण्टीसँग गठबन्धन गरेर सहयात्रिहरुलाई मज्जाले हराउनुभयो



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापामाथि राष्ट्रिय स्वतन्त्र पार्टीसंग गठबन्धन गरेर सहयात्री दललाई हराएको आरोप लगाउनु भएको छ ।

सामाजिक सञ्जालमा सपाकोटाले लेख्नुभएको छ “तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो ।”

उहाँले लेख्नुभएको छ

नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना ! हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।