२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ ।

दोहास्थित स्टेडियम–९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन् ।

खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो । लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।

मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो । यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा एक अङ्क जोडेको छ ।

समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । मेक्सिको एक अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै साउदी अरेबिया तीन अङ्क जोडेर शीर्षस्थानमा छ भने अर्जेन्टिना अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।