• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

साउदीसँग हार्यो अर्जेन्टिना



एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनाले पहिलो खेलमै हार ब्यहोरेको छ । मंगलबार साँझ सम्पन्न खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ गोलले स्तब्ध बनेको हो ।

लुसेल रंगशालामा अग्रता जोगाउन नसक्दा अर्जेन्टिना २-१ को अप्रत्याशित हार बेहोर्न पुगेको हो । पहिलो हाफमा १-० ले पछि परेको साउदीले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै साउदी खेलमा फर्कियो । ४८ औं मिनेटमा सालेह अल सेहरीले सानदार गोल गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले बललाई जाली चुमाए ।

बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारीले साउदीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट गोल गरे ।

अर्जेन्टिनाले अन्त्यतिर लगातार आक्रमण गरेपनि गोल गर्न सकेन । यससँगै समूह ‘सी’ मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुँदैछ ।