२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीसँग हार्यो अर्जेन्टिना



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनाले पहिलो खेलमै हार ब्यहोरेको छ । मंगलबार साँझ सम्पन्न खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ गोलले स्तब्ध बनेको हो ।

लुसेल रंगशालामा अग्रता जोगाउन नसक्दा अर्जेन्टिना २-१ को अप्रत्याशित हार बेहोर्न पुगेको हो । पहिलो हाफमा १-० ले पछि परेको साउदीले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै साउदी खेलमा फर्कियो । ४८ औं मिनेटमा सालेह अल सेहरीले सानदार गोल गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले बललाई जाली चुमाए ।

बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारीले साउदीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट गोल गरे ।

अर्जेन्टिनाले अन्त्यतिर लगातार आक्रमण गरेपनि गोल गर्न सकेन । यससँगै समूह ‘सी’ मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुँदैछ ।