१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान
अ अ+ अ-

काठमाडौं । ललितपुरमा ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् ।

नर्भिक आइभिएफ सेन्टरमा एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।

‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ।’ नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्टट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले भनिन्–‘तर पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफमार्फत ती महिलालाई आमा बनाउन सफल भयौं, यसमा हामी सबै खुसी छौ ।’

‘३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ बर्षपछि छोराको रुपमा अर्को सन्तान आउँदा खुसीको सीमा छैन।’–बिमलाले भनिन् ।

नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आइभिएफ पद्दतीबाट सन्तान जन्माउन सफल भएको डा। शर्माले जानकारी दिइन । श्रीमतीको उमेर ५५ बर्ष र श्रीमानको उमेर ६८ बर्षको छ ।

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आइभिएफ पद्दतीबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भएपनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा। शर्माले बताइन ।
यसअघि पनि नर्भिक आइभिएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया काठमाण्डौकी एक महिलाले आइभिएफ पद्दतीबाट जुम्ल्याह सन्तान जन्माएकी थिइन ।

‘बढी उमेर समूहको भएका महिलालाई हामीले सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गर्छौ।’ डा. शर्माले भनिन्–‘पछिल्लो सफलताले पनि बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि गरेको छ । तर सन्तान प्राप्तिको चाहना भएकाहरुले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ।’