२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काली गण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्



अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन । नदीमा बेपत्ता बागलुङ–४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । “खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको छैन”, उहाँले भन्नुभयो । बेपत्ता दुईसहित उपल्लाचौरका चार बालक बिहीबार दिउँसो १ बजेतिर पौडी खेल्न कालीगण्डकीमा पुगेका थिए । सँगै गएका १० वर्षीय प्रश्न विक र १२ वर्षीय विशन पुन भने सोही दिन नै सकुशल सम्पर्कमा आएका थिए ।