• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्छु– गगन थापा



काठमाडौँ। काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्ने बताउनुभएको छ ।

निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै उहाँले मुलुक चलाउनका लागि युवा नेतृत्वको खाँचो रहेको भन्दै संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो । अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको उहाँको भनाइ थियो । “त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ” उहाँले भन्नुभयो ।

थापाले जारी निर्वाचनमा नेकपा (एमाले)का राजन भट्टराईलाई पराजित गर्नुभएको हो । जम्मा कुल ४५ हजार ५०३ मत खस्ता थापाले २१ हजार ३०२ मत प्राप्त गर्नुभएको थियो । भट्टराईले भने १३ हजार ८५५ मत हासिल गर्नुभयो ।