७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतको सिम्तामा पुनःमतदान जारी



अ+ अ-

सुर्खेत । मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ ।

सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो ।

स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । अहिलेसम्म दुई सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या रहेको छ ।