• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

सभापति देउवा दोब्बर मतले अगाडि



डडेल्धुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।

अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उहाँले पाँच हजार छ सय २१ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाउनुभएको छ भने छ सय ५६ मत बदर भएका छन् ।