२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपः नेदरल्यान्ड्सले सेनेगललाई हरायो



अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ फुटबल अन्तर्गत नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ ।

सोमबार राति दोहास्थित अल थुमामा स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० गोल अन्तरले हराएको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ८४ औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

गाक्पोको यो विश्वकपको डेब्यु खेलमा गोल समेत हो । त्यसपछि खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २(० को जित दिलाए । जितसँगै समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।