८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा विद्यार्थी भर्नाबारे विवादः विद्यालयभित्र लाठी हानाहान हुँदा १९ जना घाइते (भिडियो सहित)



अ+ अ-

रौतहट। विद्यार्थी भर्नाबारे विवाद हुँदा रौतहटको माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा लाठी हानाहान हुँदा १९ जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावक दुई पक्षबीच आइतबार दिउँसो विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको हो ।

प्रहरीका अनुसार विद्यालय व्यवस्थापन समितिमा नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादवबीच विवाद भएको थियो । घाईते हुनेमा विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना छन् । 

घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। 




न्यूजपोलारबाट थप समाचार