८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले तलबभत्ता नलिने



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने भएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर उनले पारिश्रमिक, आवासलगायत सुविधा नलिने उनले घोषणा गरेका हुन् । यद्यपि सुरक्षाकर्मी भने लिने उनको भनाइ छ।

नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए।

 




न्यूजपोलारबाट थप समाचार