• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

कांग्रेसले खाता खोल्यो, तुलाचनलाई पराजित गर्दै कांग्रेसका थकाली निर्वाचित



काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खालेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

सोमबार सम्पन्न मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरे भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।

यद्यपि, निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न भने बाँकी रहेको छ । निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।