८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सर्वोत्तम सिमेन्ट लिमिटडको प्रमोटर शेयर खरिदसम्बन्धी विषयसँग जोडेर वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको बारेमा केही सञ्चार माध्यममा आएको समाचारप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको हो । 

उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ देखिमात्र उपस्थित रहेको महासंघले बताएको छ । तर उहाँसँग उहाँको भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै मिति २०७७ मङ्सिर १४ मा गरिएको शेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पु¥याउने विज्ञप्तिमा भनिएको छ । 

महासंघले ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्वको तथा उहाँ महासंघको प्रतिनिधिको रुपमा धितोपत्र बोर्डको सञ्चालकको रुपमा बोर्ड बैठकमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अघिको कारोबारको विषयलाई समाचार बनाएको विषयले महासंघको ध्यानाकर्षण भएको बताएको छ । साथै महासंघले यस्ता समाचार बनाउँदा सत्यतथ्य बुझेरमात्र समाचार बनाउनु हुन सबैलाई आग्रहसमेत गरेको छ ।




न्यूजपोलारबाट थप समाचार