११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मेलम्ची बाढीः ‘यति ठूलो गेगरान बहाव नेपालमा अहिलेसम्म भएको थाहा छैन’- विपद् अधिकारी

मेलम्ची बाढीः ‘यति ठूलो गेगरान बहाव नेपालमा अहिलेसम्म भएको थाहा छैन’- विपद् अधिकारी
अ अ+ अ-

काठमाडौं । मेलम्ची नदीमा असार पहिलो साता आएको भयानक बाढीको प्रभाव कम नहुँदै शनिवार फेरि आएको ठूलो बाढीले अहिलेसम्म अर्बौँ रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलेबताएका छन्।

'मेलम्ची खानेपानी आयोजनाकै हेडवर्क्स मर्मतका लागि दुई अर्ब रुपैयाँजति लाग्ने प्रारम्भिक अनुमान छ। मेलम्ची र चनौटे बजारमा ठूलो क्षति पुगेको छ, चारवटा पक्की पुल र केही झोलुङ्गे पुल बगाएको छ। यो करोडौँमा होइन, अर्बौँमा भएको क्षतिको रूपमा हेर्नुपर्छ,' प्राधिकरण प्रमुख अनिल पोखरेलले भने।

असारयता झन्डै ४०० घरको विस्तृत मूल्याङ्कन गरिँदा ३०० परिवारका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ। 'तिनको पुनर्निर्माण र बस्ती अन्यत्र सार्नुपर्ने अवस्थाका लागि थप मूल्याङ्कन भइरहेको छ।'

ढुङ्गा, माटो, बालुवा, रूखका मुढा मिसिएका थिग्र्यानले सोहोरिएर बग्दा नदीमाथि बनेका पुलदेखि बगरका बस्ती र खेतबारी नराम्ररी प्रभावित भएको विज्ञहरूले बताएका छन्।

कस्तो छ स्रोत ?
चनौटेको पुल नै बगाउनेगरी असार १६ गते साँझबाट आएको पछिल्लो बाढीको स्रोत 'एउटा मध्यमखाले विमानस्थल क्षेत्रफलको टारजस्तो एक गेगरान' भेमाथाङमा रहेको अधिकारीहरूले बताएका छन्।

आइतवार विज्ञहरूसहितको एउटा टोलीको नेतृत्व गर्दै प्राधिकरण प्रमुख पोखरेल उत्तरपट्टि माथिल्लो भेगमा अन्तिम मानवबस्ती भएको भनिएको मेलम्ची घ्याङसम्म पुगेका थिए।

तर हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाको टोली भने त्यसअघि नै बेग्लै हेलिकप्टरमार्फत् झन्डै ३,५०० मिटर उचाइमा पर्ने भेमाथाङसम्म पुग्न सफल भएको थियो।

उनले त्यहाँको अवस्था देखिने भिडिओ खिचेर गृहमन्त्रीसहित प्राधिकरणका अधिकारीहरूलाई बुझाउँदै अवस्था 'आफूहरूले थेग्न सक्ने बिन्दुभन्दा निकै माथि पुगिसकेको' बताएका छन्।

गाउँपालिका प्रमुख शेर्पा भन्छन्, 'यतिखेर हामीसँग खोलाछेउका बस्तीलाई सुरक्षित पार्नेबारे मात्र सोचिरहेका छौँ। भेमाथाङको कमजोर टारमा माथिबाट आएको पहिरो जम्मा भएपछि अहिले त्यससँगैको बगरमा निरन्तर भूक्षय भइरहेको छ।'

असर
मेलम्चीभन्दा माथि सडकहरू प्रभावित हुनुका साथै सम्पर्क सञ्जालहरू टुटेका कारण अब छिट्टै त्यता खाद्यान्न सङ्कट हुने जोखिम रहेको गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए। 'हेलम्बु गाउँपालिकामा यसअघि तीनवटा मोटरपुल र सातवटा झोलुङ्गे पुल बगाएको थियो। पछिल्लो बाढीमा थप तीनवटा पुल बगाएको छ। तीन वडा अब एउटा मात्र झोलुङ्गे पुलको भरमा छन्।'

विज्ञ एवम् अधिकारीहरू निकै ठूलो पानी नपरेको अवस्थामा पनि भयानक बाढी आउनुको कारण खोजिरहेको बताएका छन्। प्राधिकरण प्रमुख पोखरेलले स्रोत पहिचान गरिएको सिरानतिरका भूभागमा साना झरना बगेर आउने पानीले यस्तो अवस्था सिर्जना गरेको देखिएको बताउँदै केही ठूलो वर्षा भए 'बाढी झन् भयानक हुने' जोखिम देखेको बताउँछन्।

'यति ठूलो गेगरान बहाव आधुनिक इतिहासमा हामीले जानेयता बेहोरेका छैनौँ। त्यसलाई रोक्न सक्ने ज्ञान, सीप र क्षमता अहिले हामीसँग छैन। तल्लो तटीय क्षेत्रका मानिसहरूमा थप क्षति नहोस् भन्नेमा हाम्रो तत्काल जोड छ।' (बीबीसी)