• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

राप्रपा नेपालका अध्यक्ष थापाबाट मतदान



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ। अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि  सभा सदस्य उम्मेदवारसमेत रहनुभएका उहाँले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न कोशेढुंगा साबित हुने बताउनु भयो ।

उहाँले निर्वाचनरुपी वाम प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको बताउनु भयो ।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज देशभर नै एकै चरणमा सम्पन्न हुँदैछ ।