२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

श्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गर्दिनँ, मलाई हिरो बन्नु छैन: अर्थमन्त्री

श्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गर्दिनँ, मलाई हिरो बन्नु छैन: अर्थमन्त्री
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताउनुभयो ।

चालु आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रिय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ ।

शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रष्ट पार्नुभयो । बुधबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० का पदाधिकारीहरुसँगको भेटमा मन्त्री शर्माले भन्नुभयो "मैले गभर्नर साबलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नहुन् भनेको हुँ ।"

वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थित सिर्जना गर्न आफूले निर्देश गरेको उहाँले बताउनुभयो । 'आम नागरिकलाई अप्ठेरो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन,' शर्माले भनुनुभयो, 'नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो ।' गभर्नरलाई मैले 'तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्माु भनेको छु ।'

ऋण पाउने पक्का भएकाहरूले ऋण पाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उहाँले बताउँनुभयो । अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने दाबी उहाँको छ ।

'जनतालाई अप्ठेरो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठेरो हुने काम नहुने गरी जेजे लख्नुपर्ने हो लेख्नोस् भनेको छु,' शर्माले थपे, 'यसो भन्नु मेरो दायित्व हो ।' मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तीत सहज वातारणलाई सहज बनाइदिन माग आएको उहाँले बताउँनुभयो ।

शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताउँनुभयो । आफू नेतृत्वमा रहादा जानीजानी गल्ती नगर्ने बताउँदै उहाँले अञ्जानमा गलती भए सच्याउने सल्लाह दिन अनुरोध गर्नुभएको छ ।

'कुन कुर्सीमा बसेको छौं भन्नेले फरक पर्दैन । देश विकासको चिन्ता कसमा कति छ भन्ने कुराले फरक पार्छ' शर्माले भने, 'मलाई धेरै चिन्ता छ । सो नाफा खाने चिन्ता हैन, चिन्ताकै लागि योगदान र बलिदान दिन तयार छु ।'

मन्त्री शर्माले असत्य कुरा स्थापित नहुने पनि बताउँनुभयो। ऊर्जामन्त्री रहँदा आफूले व्यहोरेको आरोपको सम्झँदै उहाँले भन्नुभयो, 'मैले कमेन्ट गरिनँ । पछि असत्य साबित भइ आफैं विस्तापित भयो ।'

मन्त्री शर्माले अनुसन्धानमुखी तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध पनि गरेका छन् । साथै, यो कार्यकाल आफ्ना लागि चुनौती र आम नागरिकका लागि अवसर भएको उनको जिकिर छ । शर्माले भन्नुभयो, 'आम नागरिकका लागि मिलेको यो अवसर फलदायी बनाउन म जुनसुकै चुनौती भोग्न तयार छु ।'

त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले 'तथ्यमा आधारित नीति' बनाउन सघाउ पुग्ने बताउँनु भएको थियो। उहाँले अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भएपनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताउँनुभयो ।

सचिव ढुंगानाले अर्थले मौद्रिक नीति रोकेको भन्ने आरोप सत्य नभएको भन्दै छलफल अघि बढेकाले समय लागेको बताउँनुभयो । ढुंगानाले भन्नुभयो, 'हामीले रोक्ने कुरै हुँदैन । नियामकीय व्यवस्था हेरफेर त राष्ट्र बैंकले जुनसुकै समयमा पनि हेरफेर गर्न सक्छ ।'

भेटमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले मन्त्री शर्मालाई ऊर्जामन्त्री हुँदाको सफल इन्निङ्स दोहोर्‍याउने शुभकामना दिनुभयो । नेतृत्वमा पुगेको र चुनौतीको सामना गर्ने मौका मिलेकामा बधाइ दिँदै अध्यक्ष ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारहरूको साझा संस्था भएको जानकारी दिनुभयो ।

नाफिजका पदाधिकारीहरूले मन्त्री शर्मालाई अवसर र चुनौती दुवै मिलेको, आर्थिक नीति कार्यान्वयनमा अझै ठूलो कमजोरी रहेको औंल्याउँदै मन्त्री शर्माले ल्याउन लागेको श्वेतपत्र कसैलाई गाली गर्ने नभएर यस अघिको नेतृत्वले भन्दा राम्रो काम गर्ने प्रतिबद्धताका साथ ल्याउन सुझाव दिनुभएको छ ।

मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसकैको कमजोर नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर पनि गर्नुभयो । 'कसैको अबमूल्यन गर्ने काम गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मुल्यांकन गर्न जिम्मा सर्वसाधारणको हो,' शर्माले भन्नुभयो ।

केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उहाँले बताउँनुभयो । 'श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ,' मन्त्री शर्माले भन्नुभयो, 'आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति गर्‍यो, कसले कति गरेन पनि भन्दिनँ ।'

मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको पनि बताउँनु भएको छ। नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताउँनुभयो ।