• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै

भोट हाल्न जाँदा मतदाताले मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्ने



काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताउनुभएको हो । उहाँले मतदाताहरुले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनैपनि निषेधित वस्तुहरु बोक्न नहुने बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तुहरु मतदान केन्द्रमा लिएर गए सामग्रीहरु जफत गर्ने चेतावनी दिनुभयो । उहाँले मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतहरुले मतदाताका हरेक गतिविधिहरुको निगरानी गरिरहेको हुनाले आयोगको आँखा छलेर अनावश्यक गतिविधि नगर्न सचेत गराउनु भयो । प्रमुख निर्वाचन आयुक्त भण्डारीले अरुको नाममा मत नहाल्न, दोहो¥याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरुलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए÷नभएको यकिन गर्न पनि आग्रह गर्नुभयो । उहाँले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, कृयापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मतदान गर्न जाँदा साथमा आफ्नो मतदाता परिचय पत्र लिएर जानुहोस् । यदी मतदाता परिचय पत्र नभए आयोगले तोके बमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै परिचय पत्र लिएर जानुहोस् । तर मोबाइल, कुनै क्यामेरा, सलाई, लाइटर र यस्तै कुनैपनि निषेधित वस्तुहरु साथमा लिएर नजानुहोस् । कथं कदाचित मोबाइल साथमै लिएर जानुभएको भए मतदान केन्द्र नजिकैको कुनै विश्वासिलो व्यक्ति वा राख्ने ठाउँमा राखेर जानुहोस्, त्यो पनि भएन भने मतदान केन्द्रमा प्रवेश गर्ने बिन्दुमा कुनै तोकिएको ठाउँ हुनेछ, त्यो ठाउँमा राख्नुहोस्, म झुक्किएँ भनेर मतदान केन्द्रमा मोबाइल लिएर जानुभयो र मोबाइलबाट मतपत्रको फोटो खिच्न चाहनुभयो भने त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले तपाईको निगरानी गरिरहनुभएको हुनेछ । तपाईको सामान जफत गर्छन् । कानून बमोजिम कारबाही पनि हुन्छ ।

आफ्नो बाहेक अरुको नाममा मत नहाल्नुस् । दोहो¥याएर मत हाल्ने प्रयास पनि नगर्नुस् । आफ्नो मत अरुलाई हाल्न पनि नलगाउनुस् । मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए÷नभएको यकिन गर्नुस्, मतदान गर्दा पनि बदर नहुने गरी सही ढंगबाट मतदान गर्नुहोस् । मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, कृयापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्नुहोस् । मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्नुहोस् । भीडभाड नजानुहोस् । कुनैपनि तर्कवितर्क नगर्नुहोस् । चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिन्छ । मतदान केन्द्रबाट बाहिरि निस्किएपछि आफ्नो वासस्थानतर्फ लाग्नुस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनैपनि तर्कवितर्क नगर्न पनि सचेत गराउनु भयो । उहाँले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिरि निस्किएपछि आफ्नो सिधा वासस्थानतर्फ लाग्न पनि आग्रह गर्नुभयो ।