• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा



काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ ।

सर्लाहीको हरिवन नगरपालिका– ११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो ।

विभागले झण्डै रु २५ लाख बिगो र सजाय हुने बिगो रु २५ लाख गरी झण्डै रु ५० लाखको असूलउपर गरी हदैसम्मको सजायको माग गरेको छ । यस्तै विभागले दर्ता गरेको आरोपपत्रमा उक्त कपडासहित ओसारपसारमा संलग्न सवारीसाधान पनि जफत गर्न माग गरेको छ । विश्वकर्माले सञ्चालन गर्र्दै आएको प्रदेश २–०३–००१ ख १९९७ नम्बरको ढुवानीको साधनमार्फत बिल नभएका ठूलो परिमाणका कपडा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद भएकाले उनीहरुले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य रहेको जिकिर गरिएको छ । सोही ऐनको दफा ४ (क), (ख) र (झ) बमोजिम राजस्व चुहावटको कसूर गरेको पुष्टी हुन आएकाले ट्रकसहितको कपडा बरामद गरी मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।