२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक सेवा आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी नियुक्त



अ+ अ-

काठमााडौं । सरकारले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी गराएका हुन् । 

करिव एक वर्षदेखि शिक्षक सेवा आयोग पदाधिकारी बिहिन रहेको थियो ।