२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नेपाल पक्षको केन्द्रीय समितिको बैठक आजका लागि रोकियो , सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिदै

नेपाल पक्षको केन्द्रीय समितिको बैठक आजका लागि रोकियो ,  सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिदै
अ अ+ अ-

 काठमाडौ ।  नेकपा एमाले माधब नेपाल समूहले बुधबारका लागि बोलाएको  आफूपक्षका नेताहरुको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।  आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको भएको सुचना मंगलबार साझँ केन्द्रीय सदस्यहरुलाई पठाईएको नेपालको सचिवालयमा कार्यरत एक नेताले जानकारी दिनुभयो ।  ती नेताका अनुसार जिल्ला जिल्लामा रहेका सबै सदस्यहरु लाई बैठकमा सहभागी हुन खबर पठाईएको छ ।

सम्भवत: बिहिबार काठमाडौको बुद्धनगर स्थित एक  पार्टी प्यालेशमा बैठक बस्न सक्छ । यस पटक को बैठक निर्णायक हुने भन्दै एक केन्द्रीय सदस्यले भने  नेता नेपाल सहित कार्यदलमा रहेका सदस्यहरु संग हाल सम्मको अबस्था र अबको बाटो बारे ठोस निर्णय हुन्छ ।  ती नेताका अनुसार दुई अध्यक्ष बनाएर दुबैको हस्ताक्षरले बैधानिकता पाउने अबस्थामा मात्र एकता हुन्छ नत्र अलग पार्टी बनाएर जाने कुरा अघि बढ्छ ।

 बिभिन्न निकायमा निर्बाचित पदाधिकारीहरुको पद जोगाउने बिषय मुख्य चुनौति रहेको भन्दै त्यसको उपाए खोजी भै रहेको ती नेताले जानकारी दिनुभयो ।  दुई नेताको हस्ताक्षर सहित को एकता नभए  आफू पक्षमा जति सक्यो धेरै सासद र केन्द्रिीय सदस्यको हस्ताक्षर जम्मा पार्ने र लगत्तै राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेर नयाँदल क्रियाशिल हुने पनि उहाँले जानकारी दिनुभयो । अध्यादेश जारी गर्दा बिरोध हुदै गर्छ तर जारी हुन्छ  त्यस पछि मात्र सरकारले पूर्णता पाउछ त्यस बेला सम्म सरकारले पूर्णता पाउदैन  ।