९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओशाकाको सिरो कुराउचीको भुजुङप्रतिको प्रेम



अ+ अ-

काठमाडौं । ग्रामीण पर्यटनका लागि प्रख्यात लमजुङको मिदीम खोलाको छेउमा रहेको भुजुङ गाउँमा रहेको ४०० घरधुरीलाई गामबेसी गर्दा समान ओसारपसारका लागि ठूलो हैरानी थियो ।

पर्यटकमा रुपमा जापानको ओशाकाबाट नेपाल घुम्न आएका सिरो कुराउचीलाई त्यहाँको दुःख देख्दा केही गरौँ भन्ने हुटहुटी जाग्यो । उनकै अगुवाईमा २०५६ सालमा पहिलो पटक सानो रोप वे बन्यो । जसका कारण करिब डेढदेखि दुई घण्टा लगाएर खलखल पसिना निकाल्दै नाम्लो लगाएर समान ओसारपसार गर्नुपर्ने बाध्यता हट्यो ।

त्यो रोप वे भुजुङका स्थानीय बासिन्दालाई वरदान सावित भयो । पर्यटकका रुपमा भुजुङ पुगेका कुराउची को साइनो यसरी गाडियो कि उनी समय मिल्नासाथ जापानबाट नेपाल आउँछन् र भुजुङ पुग्छन् । ११ सय मिटरको रोप वेले ग्रामीण क्षेत्रमा सहज भएपछि उनैको अगुवाईमा २०६६ सालमा अर्को १४ सय मिटर लामो रोप वे पनि निर्माण भएको छ ।

क्व्होलासोथार गाउँपालिका–४ भुजुङका तुलबहादुर गुरुङले न्यूजपोलारसँग भन्नुभयो, “गामबेसी गर्दाको हैरानीलाई रोप वेले निकै सहज बनाइदिएको छ, डेढ घण्टाको बाटो १० मिनेटमा छोटियो ।”

विशेष गरेर सामान ओसारपसार गर्नका लागि बनाइए पनि आपत्विपत् वा बूढाबूढी केटाकेटी पनि त्यही रोप वेबाट आउजाउ गर्ने गरेको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार मिदीम खोलाको किनारमा तीन ओटा फाँट छन् । रोप वेले गर्दा फाँटमा उत्पादन भएको सामग्री र गाउँबाट फाँटमा लैजानु पर्ने सामग्री ओसारपसारका लागि निकै सहज भएको छ ।

टुकुसिमा फ्रेन्डसिप एशोसिएसन नेपालका अध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार ग्रामीण पर्यटनको प्रमुख क्षेत्र भुजुङमा निर्माण भएको यस रोप वे नेपाल–जापान मित्रताको सेतुका रुपमा रहेको छ । स्थानीयलेवासी २०५६ सालमा आफ्नै श्रमदान र विभिन्न सघं/सस्थाबाट सहयोग जुटाएर गाउँकै मिदिम खोलाबाट ८० किलोवाट क्षमताको बिजुली निकालेका छन् । विकासका लागि आफ्नो श्रम र सीपलाई सदुपयोग गरेका भुजुङबासीले १७ वर्षदेखि बिजुली उपभोग गर्दै आएका छन् ।

परम्परागत र जीवन्त गुरुङ संस्कृतिको खानीका रुपमा भुजुङलाई लिने गरिन्छ । भुजुङमा सुविधासम्पन्न होमस्टे सञ्चालन भएका छन् ।

फोटो – न्हुच्छे मान डंगोल