• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पर्वतका नौ मतदान केन्द्रको नेतृत्व महिलालाई



फाईल फोटो

पर्वत । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ ।

जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ मध्ये नौवटा केन्द्रका मतदान अधिकृतका रूपमा महिलालाई पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको कर्मचारी विवरणमा उल्लेख छ ।

विवरणअनुसार कुश्मा नगरपालिका–३ को काफलचौर मावि (ग) केन्द्रमा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रकी सहायक प्रशासकीय अधिकृत रञ्जना कट्टेल, नारायण मावि (ख) केन्द्रमा नापी अधिकृत निशा अधिकारी, शिवालय मावि केन्द्रमा पर्यटन तथा उद्योग कार्यालय पर्वतमा कार्यरत अधिकृत मुना अधिकारीलाई खटाइएको छ ।

युवा वर्ष आधारभूत विद्यालय (ख)केन्द्रमा जिल्ला हुलाक कार्यालयबाट हुलाक अधिकृत सरिता अधिकारी, मङ्गलोदय मावि (ख)केन्द्रमा डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत अरुणा पौडेल, सार्वजनिक मावि (ख) केन्द्रमा जिल्ला कारागारकी प्रमुख शिला श्रेष्ठ, फर्सेधाइरिङ मावि (ख) केन्द्रमा नवजागृत माविकी शिक्षक रुचिला सापकोटा, जननेत्र मावि (ख) केन्द्रमा कुश्माको आधारभूत स्वास्थ्य केन्द्रकी जानकी रिजाल शर्मा र सरस्वती मावि (ख) केन्द्रमा अन्नपूर्ण माविकी शिक्षक अम्बाकुमारी शर्मालाई पठाइएको छ ।