९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो छ’– कुन्ती पोखरेल(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी उहाँले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भुगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं, २ क्षेत्रमा विकासले गति लिन नसकेको बताउनु भयो । उहाँले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम,रोल्पाको भन्दा विकट स्थिति रहेको बताउनु भयो । उहाँले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताउनु भयो ।

उहाँले कागेश्वरी क्षेत्रमा चार लेनको बाटो भएपनि सडकमा नै ढल मिसिँदा कुनैपनि सवारीसाधन नचलेको स्थिति रहेको बताउनु भयो । उहाँले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो प्रमुख एजेण्डा भन्नु नै राष्ट्र, राष्ट्रियता र युवा शक्तिका लागि हो । युवा वर्गहरु विदेश पलायन हुनुपर्ने बाध्यता छ, त्यसलाई रोक्नका लागि पनि हो । म यहाँ डुल्दा विकास नभएको पाएँ । कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो छ । कागेश्वरी भित्र सडकमै ढल छ । चार लेनको बाटोमा सवारी चल्दैनन् ।’

‘यो क्षेत्रमा बजेट कति आएको छ त्यो हेर्न मन छ । पहिलो काम मेरो फाइल पल्टाएर यो क्षेत्रका जनताको लागि आएको बजेट हेर्ने काम हुनेछ । बजेट आएको र दुरुपयोग भएको पाएँ भने कारबाहीको लागि मैले सिफारिस गर्छु । बजेट आएको छैन भने वर्षौंदेखिको बजेट अब म यहाँ ल्याएर विकास गर्छु । यो क्षेत्रमा विकासको जिम्मेवारी म लिन चाहन्छु । पर्यटक उम्मेदवारलाई जिताएर पठाउँदा विकास नगरेको अनुभव हामीसँग छ ।’

नेतृ पोखरेलले काठमाडौं २ मा बजेट नआएको पाए वर्षौंदेखिको बजेटको हिसाव गरेर विकासका काम अघि बढाउने बताउनु भयो । उहाँले काठमाडौं २ मा विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गर्नुभयो ।