२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जानेबारे रघुजी पन्तले गरे यस्तो खुलासा, होला पुरा



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् विस्तार ढिलाइले सरकारका कामकारबाही प्रभावित भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता गठबन्धनसँग थप समय मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग मंगलबार बिहान भएको भेटमा नेपालले पार्टी एकताका लागि छलफल चलिरहेको उल्लेख गर्दै सरकारमा सहभागी हुनेरनहुने विषयमा दुईरतीन दिन पर्खन आग्रह गरेका हुन् ।

नेपाललाई पर्खने भन्दै कांग्रेस र माओवादी आफैंले पनि ढिलाइ गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल पक्षका नेता रघुजी पन्तसँग गरिएको कुराकानी

सरकारमा जाने नजाने किन टुंगो नलागेको हो ?

हामी अहिले सरकारमा जाने कुरै आउँदैन । पार्टी एकताको प्रक्रियामा छौं । एकता प्रक्रिया सकारात्मक ढंगले टुगिन्छ भन्ने विश्वास गरेका छौं । सकारात्मक ढंगले नटुंगिएको अवस्थामा मात्र अरू सोच्ने कुरा आउँछ । सरकारमा जाने कि विपक्षी मोर्चामा भन्ने त्यसपछिको कुरा हो । अहिले सम्पूर्ण ध्यान पार्टी एकतामा छ ।

सत्तारूढ गठबन्धनसँग पनि कुरा भइरहेको छ नि ?
राजनीतिक नेताहरू नै सत्तारूढ गठबन्धनमा हुनुहुन्छ । पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ । उहाँहरूले विभिन्न विषयमा छलफल गर्नुलाई मैले अस्वाभाविक रूपमा लिएको छैन । भोलि शेरबहादुरजी, प्रचण्डजी, केपी ओलीकहाँ पनि जान सक्नुहुन्छ । पक्ष–विपक्षबीच भेटघाट भइराख्नुपर्छ । लोकतन्त्रको महत्त्वपूर्ण पक्ष–विपक्षी पनि हो, सत्तापक्ष पनि हो । सत्तापक्षका नेताहरूसँग प्रतिपक्षका नेताहरूको भेटघाट हुनुलाई म अस्वाभाविक ठान्दिनँ । संगठनात्मक रूपमा असहमत भए पनि हामी एमालेभित्र छौं । एमालेभित्र हुन्जेल सरकारमा पनि जाने र प्रतिपक्षमा बस्ने त हुँदैन ।

पार्टी एकता होला र ?

कुरा भइरहेको छ । लामो समयदेखि ग्याप छ । अविश्वास पनि छ । पार्टी अध्यक्ष ९ओली० बाट पनि बेलाबेला नमीठा शब्द आइरहेका छन् । यी विषय सम्हालेर जान केही समय लाग्छ । हामी वार्ता टोलीका सदस्यहरू एकताका लागि छलफल गरिरहेका छौं । कतिपय कुरा मिल्न बाँकी छ । मचाहिँ आशावादी छु ।

पार्टी एकता सफल भएन भने सरकारमा जानुहुन्छ  ?
पार्टी एकता भएन भने के गर्ने भन्ने भोलिको कुरा हो । नकारात्मक विकल्प जहिले पनि रहन्छ । तर सकारात्मक विकल्पतिर अघि बढ्ने हो । त्यो भनेको पार्टी एकता हो । सबभन्दा दूरदर्शी र जिम्मेवार पार्टी अध्यक्ष केपी ओली हुनुपर्छ । उहाँ सहिष्णु पनि हुनुपर्छ । पार्टी एकता सफल पार्न निर्णायक भूमिका पनि उहाँकै हुनुपर्छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।