६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चुनावी सभामा चुच्चे नक्साको चर्चा

चुनावी सभामा चुच्चे नक्साको चर्चा
अ+ अ-

सुदूरपश्चिम । ‘चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आउनुभएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाउनुभयो ।

सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढङ्गले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताउनुभयो । सोही सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्शा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभइ आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताउनुभयो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले चुच्चे नक्शा सबै दलको सहमतिमा जारी भएको बताउनुभयो ।

यस्तै एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी प्रचारप्रसार सुरु गर्नुहुँदै चुच्चे नक्शाको मुद्दा जोडतोडकासाथ उठाउनुभयो । ओलीले नक्शा जारी गर्नमा आफ्नो स्वामित्व रहेको बताउनुभयो । दार्चुला मात्र होइन अन्य जिल्लामा आयोजित चुनावी सभामा समेत चुच्चे नक्शाको चर्चा ठूला राजनीतिक दलका शीर्ष नेताले गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरामा एक हप्तासम्म सत्ता गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन व्यस्त रहनुभयो । उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेलधुराबाट प्रत्यासी हुनुहुन्छ । उहाँले धनगढीमा समेत नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकता दिनुभयो ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले बैतडीको पाटनमा पनि चुनावी सभालाई सम्बोधन गर्नुभयो । यस्तै एमाले अध्यक्ष ओलीले यही कात्तिक १८ गते एकैदिन दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गर्नुभयो । उहाँले शनिबार डोटी र कैलालीका तीन ठाउँमा चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

दार्चुलामा बडू र ठगुन्ना तृस्रो जितको खोजीमा

दार्चुलाबाट २०४८ सालमा विजयी भइ केन्द्रिय राजनीतिमा बलियो स्थान बनाउनुभएका सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार दिलेन्द्रप्रसाद बडू उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका ६८ वर्षीय बडू तेस्रो जितको खोजीमा हुनुहुन्छ । उहाँ यसअघि २०५६ को निर्वाचनमा समेत विजयी हुनुभएको थियो । संविधानको रक्षा, लोकतन्त्र र आफूबाट सुरु भएका विकास निर्माणका काम पूरा गर्न उम्मेदवार बनेको बडूको भनाइ छ । अन्तिम अवसरको रुपमा उहाँ मतदातामाझ मत माग्दै हिँडिरनुभएको छ ।

“संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि बनेको गठबन्धन हो । गठबन्धनका उम्मेदवार जित्न जरुरी छ ।” बडूले भन्नुभयो । विसं २०४८ मा पहिलो पटक विजयी हुनुभएका बडू २०५१ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमसिंह धामीसँग पराजित हुनुभएको थियो । उहाँ २०५६ सालमा पुनः विजयी हुनुभयो । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा दार्चुलाबाट नेकपा माओवादीका लक्ष्मणदत्त जोशी विजयी हुनुभयो । सो निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना दोस्रो र बडू तेस्रो स्थानमा रहनुभयो ।

कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाबीच पहिलो प्रतिस्प्र्धा २०६४ सालमा भएको हो । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बडू र ठगुन्नाबीच पुनः प्रतिस्पर्धा भयो । ठगुन्ना विजयी हुनुभयो । यस्तै २०७४ सालमा भने एमाले उम्मेदवार पुनः विजयी हुनुभयो । कांग्रेस उम्मेदवार बडू भने समानुपातिकबाट सांसद बन्नुभयो । सो निर्वाचनमा कांग्रेसबाट विक्रमसिंह धामी उम्मेदवार बन्नुभयो ।

सत्ता गठबन्धनबाट अहिले चुनावी मैदानमा हुनुहुन्छ बडू । पाँच दलिय गठबन्धनका कारण तेस्रो जीत निश्चित भएको बडूको दाबी छ । एमाले उम्मेदवार ठगुन्ना पनि आफ्नो जित हुनेमा विश्वस्त हुनुहुन्छ । स्थानीय तह निर्वाचनको परिणामका आधारमा आफू विजयी हुनेमा ठगुन्ना ढुक्क हुनुहुन्छ ।

एजेण्डा एकनासका

कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाका चुनावी एजेण्डा उस्ताउस्तै छन् । दुवै उम्मेदवारले महाकाली करिडोर दार्चुला तिङ्कर सडक समयमै सम्पन्न गर्ने दाबी गरेका छन् । निर्माणाधीन दार्चुला–तिङ्कर सडकको ट्र्याक खुलाउन बाँकी ८७ किलोमिटर क्षेत्र नेपाली सेनालाई दिएको र समयमै निर्माण गर्न पहल गर्ने दुवैको वाचा रहेको छ ।

यो बाहेक जिल्लाभित्र विद्युतीकरण, खानेपानी, विमानस्थल, पर्यटन पूर्वाधारलगायत दुवै उम्मेदवारका चुनावी मुद्दा रहेका छन् । बडू र ठगुन्ना दुवै महाकाली नगरपालिका–५ का बासिन्दा हुनुहुन्छ । एउटै वडाका यी दुवैको मतदान केन्द्र पनि एउटै रहेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई नगरपालिकासहित नौवटा स्थानीय तह रहेको दार्चुलामा एमालेले शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन दुहँु र व्याँस गाउँपालिका प्रमुख जितेको थियो । यस्तै उसले शैल्यशिखर, महाकाली र लेकम गाउँपालिकामा उपप्रमुख÷उपाध्यक्ष जितेको थियो ।

अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख तथा व्याँस र मालिकार्जुन गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । कांग्रेस भने कुनै पनि स्थानीय तहको प्रमुखमा विजयी भएन । काग्रेसले अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकामा उपाध्यक्ष जीतेको थियो । कूल ६१ मध्ये ३४ वडामा एमाले, १९ वडामा कांग्रेस र १० वडामा माओवादी केन्द्र विजयी भएको थियो ।

स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको मत २९ हजार तीन सय ९७, कांग्रेसको २१ हजार पाँच ५४ तथा माओवादी केन्द्रको सात हजार आठ सय ८१ मत रहेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दार्चुलामा ४५ हजार ५४३ पुरुष र ४३ हजार ६११ महिला गरी कुल ८९ हजार १५४ मतदाता छन् । यहाँ ११२ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएको छ ।रासस