५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ – प्रचण्ड



अ+ अ-

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन निर्वाचनको लागि मात्रै नभएको बताएका छन् । गोरखा जिल्ला अजिरकोट गाउँपालिका-३, भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन संविधान जोगाउन भएको बताएका हुन् ।

प्रचण्डले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादी बिच सहकार्य भएको बताए । देशमा ठूला राजनीतिक परिवर्तन जय नेपाल र लालसलाम मिलेर नै भएकोले कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न उनले आग्रह गरे ।

प्रचण्डले भने, ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन । संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यक बनेको छ । कांग्रेस र माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको हो । गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रियामा एउटै पानामा हस्ताक्षर गरेपछि एकले अर्कालाई त्यही बेलामा स्वीकारेका हौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा भएको हो ।’

प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।
गोरखाको विकासको लागि कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो ।