• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

मोरङ ३ (१) मा मानबहादुर लिम्बूले गरे उम्मेदवारी दर्ता



विराटनगर । मोरङ क्षेत्र नं ३ को प्रदेशसभा क्षेत्र नं १ का लागि नेपाली कांग्रेसका तर्फबाट मानबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन् । बेलबारी–८ निवासी लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि र नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको हो । थापाको निधनपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवार मनोनयन गर्न बिहीबार १० बजेदेखि १ बजेसम्मको समय दिएको थियो ।

लिम्बूले लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब नेकपा (एमाले) का उम्मेदवार दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत रहेका सो क्षेत्रका उम्मेदवार थापाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालामा बुधबार निधन भएको थियो ।