• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल बैतडीमा



file

बैतडी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बैतडी आइपुुग्नुभएको छ ।

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरू यहाँ आउनुभएको हो ।

उहाँहरूलाई संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका चुनावी प्रचार–प्रसार संयोजक तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लगायतले फूलमालासहित स्वागत गर्नुभयो ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसक्नुभएको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सत्तारूढ शीर्ष नेताहरू यहाँ पुगेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यस्तै उहाँहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ । उहाँहरूले आजै दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

बैतडीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहनुभएको छ । प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।