• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनाको अवधिमा करिब साढे ५ किलो सुन बरामद भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद गरेको हो ।

यात्रुलाई दिईएको सुविधाको दुरुपयोग गदै तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद भएको कार्यालयले बताएको छ ।

दुई महिनाको अवधिमा विमानमार्फत नेपाल आएकाहरुले अवैध रुपमा ल्याएका कुल ५ हजार ५७५ ग्राम अवैध सुन भन्सार कार्यालयले राष्ट्र बैंकलाई बुझाइएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

यस अवधिमा भन्सारले यात्रु जाँचपास गर्दा नेपााल आएका ३२ जनाबाट उक्त सुन बरामद भएको पोखरेलले बताए ।