१८ भाद्र २०८३, बिहीबार
,
Latest
पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानका बालामा चामलभन्दा भुस धेरै



अ+ अ-

मलेखु । यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्र्याउने र अर्को बाली लगाउनका लागि माटो तयार गर्न किसानलाई भ्याइनभ्याइ छ । तर, धान काट्ने बेला धादिङ नीलकण्ठ नगरपालिकाका किसान भने चिन्तामा छन् ।

धानको बालामा भुस मात्रै फलेपछि धादिङ नीलकण्ठका किसान चिन्तित बनेका हुन् । झट्ट हेर्दा झपक्कै धान फलेको जस्तो देखिए पनि बालामा चामल नफलेको किसानहरुको भनाइ छ ।

नीलकण्ठ नगरपालिका(७ को हाँडीखोला आसपासका करिब ६५ रोपनी पाखा खेतमा लगाएको धान बिग्रिएको स्थानीय किसान विष्णुलाल श्रेष्ठले बताउनुभयो ।

नीलकण्ठ नगरपालिका कृषि शाखाबाट अनुदानमा लिएको सावित्री र सुख्खा(२ जातको धानमा चामलको खाना नलागेको हो । अहिले धान झुल्ने बेला आधाभन्दा धेरै बालामा चामल नफलेपछि किसानलाई खाद्यान्न सङ्कट पर्ने चिन्ताले सताउन थालेको छ ।

“फूल खेल्ने बेलासम्म बोट राम्रै थियो, धान राम्रो फल्नेमा ढुक्क थियौंँ,” श्रेष्ठले भन्नुभयो, “तर, अब वर्षभरी खान पनि नपाइएलाकी भन्ने डर भयो ।”

धान उत्पादन कम हुने भएपछि किसानहरुले क्षतिपूर्ति अथवा राहतको अपेक्षा गरेका छन् । ६ महिना दुःख गरेर लगाएको धानमा चामलको साटो भुस फल्दा परिवार धान्न गाह्रो पर्ने चिन्ता किसानलाई छ । बालामा चामल नफलेकोबारे धान झुल्ने बेला मात्रै थाहा पाएको किसानको भनाइ छ ।

२० प्रतिशत पनि उत्पादन लिन नपाउने अवस्था सिर्जना भएको किसान इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । कृषि प्राविधिकहरुले भने प्राविधिक कमजोरीकै कारण धानमा रोग लागेको बताएका छन् ।

धान पाक्ने बेला मात्रै रोग देखिएकोले उपचारसमेत सम्भव नभएको कृषि प्राविधिकको भनाइ छ । यो रोगबाट बाली बचाउन सुरुदेखि नै माटोको उपचार गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका कृषि शाखा अधिकृत समुद्र श्रेष्ठले बताउनुभयो ।