काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगर संग प्रधानसेनापति पूर्ण चन्द्र थापा र भावी प्रधानसेनापति, बलाधिकत रथी प्रभुराम शर्माले भेटघाट गर्नुभएको छ ।
आयोग कार्यलय हरिहरभबनमा भएको भेटमा नेपाली सेनाको तर्फबाट मानव अधिकारको पूर्ण पालना हुने त्यसै गरि मानव अधिकारको संरक्षण, सम्बद्र्धन र सोको सुनिश्चतताको लागि आयोग सँधै क्रियाशिल रहने प्रतिवद्धता व्यक्त भएको आयोगले जनाएको छ । भेटमा आयोगका सदस्यहरु कायम मुकायम सचिव लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।











