९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’



अ+ अ-

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौपछि पार्टी केन्द्रीय कार्यसमितिको वैधता समाप्त हुने दाबी गरेका छन् ।

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा बिहीबार भएको आफू पक्षीय बैठकपछि पौडेलले संविधानअनुसार २३ भदौसम्म मात्रै कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि सकिने दाबी गरेका हुन् ।

‘संविधानअनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन हुनैपर्छ, नगर्ने हो भने २३ भदौपछि केन्द्रीय कार्यसमितिको वैधानिकता सकिन्छ,’ बैठकपछि पौडेलले सञ्चारकर्मीसँग भने, ‘त्यो मितिभित्रै जसरी पनि महाधिवेशन गरौं ।’ कांग्रेसभित्र हाल महाधिवेशन विषय क्रियाशील सदस्यतामा आएर अड्किएको छ ।

पुराना क्रियाशील सदस्यता विषय टुंगिए पनि नयाँका हकमा भने ६ जिल्लामा धेरै विवाद देखिएको छ । बारा र सप्तरी, धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा विवाद छ । पौडेल पक्षले ती जिल्लामा विवाद कायम रहे पुरानै १३औं महाधिवेशनकै सदस्यबाट भए पनि अधिवेशन अघि बढाउनुपर्ने बताउँदै आएको छ ।

सो विषयमा बुधबार नेता पौडेलसहितका उनीपक्षीय नेताले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षसमेत गराएका थिए । बिहीबारको छलफलमा भने पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी भएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।