७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार गर्नु हुन्नः प्रमुख निर्वाचन आयुक्त थपलिया

चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार गर्नु हुन्नः प्रमुख निर्वाचन आयुक्त थपलिया
file
अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराउनु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेन भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरुलाई पुनः सचेत गराउनु भएको हो ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टिकरण सोधेको बताउनुभयो । उहाँले विज्ञहरुलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गर्नु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘तपाई नो नट अगेन भन्नुस अथवा नो नेभर अगेन भन्नुस् । तपाईँ इलेक्ट अगेन भन्नुस् अथवा इलेक्ट अगेन एण्ड अगेन भन्नुस । अहिले त आईराखेको छ–इलेक्ट वान्स अगेन भन्न पाईन्छ भन्ने कुरा पनि आएको छ । सबैथोक भन्नुस । तर भन्दा सभ्य भाषा भनिदिनुस । भन्दा कसैको चरित्र हत्या नगर्ने गरी भनिदिनुस । त्यस्तो भन्दा गालीगलौजको शैली नरोजिदिनुस । के यसो भन्नु पनि लोकतन्त्रकलाई खण्डित पार्नकै लागि हो भनेर आरोपित हुनुपर्छ भनेर त जति आरोप लागेपछि सहन्छौं नि । यसैमा बसेका छौं । निर्वाचनलाई मिथ्या सूचना, दुश्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिले खण्डित गर्ने र दुषित पार्ने नगरिदिनुस भनेको यति मात्रै हो । कहाँ त्यो भन्दा बढि भनेको छ ? यत्ति हो भनेको । त्यसकारण हामीले अहिले सामाजिक सञ्जालको व्यवस्थित प्रयोग होस् भन्ने चाहेको हो ।

अव आयोगले गर्न सक्छ कि सक्दैन । प्रयास गरेको छ । तपाईहरु सबै मिल्नु भयो भने किन सकिदैन ? होइन गतिलो मात्रै गरेर चुनाव गरौं भन्न पनि सकिदैन भनेको । कसैलाई गालीगलौज नगरीकन भन्या छु । राजनीतिक दलका नेताहरुलाई पनि मैले भन्छु–के तपाईले म गतिलो छु भन्न १५ मिनेट आफू गतिलो छु भन्ने १३ मिनेट अरुलाई गाली गर्नुपर्ने साहित्य कहाँ पढेर आउनु भएको नि नेताज्यू भनेर त मैले नै सोधेको छु त ? तपाईहरुले पनि त्यसरी सोधिदिँदा हुन्छ । त्यसकारण आफ्ना एजेण्डा, आफ्ना विचार, आफ्ना धारणा सबै कुराहरु लान सकिन्छ । तर, अरुलाई गालीगलौज गर्ने, अरुलाई मिथ्या, नराम्रो भन्ने, चरित्र हत्या गर्ने जस्ता कुराहरु नगरौं भन्ने आयोगको भनाई हो । निर्वाचन आयोगले त्यो विषयमा मन्त्री, प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो क्षेत्रमा मतदानको विषयलाई लिएर सबै प्रचारप्रसार गर्न सक्छन । तर, अर्को क्षेत्रमा जानुप¥यो भने आयोगको अनुमति लिएर कुनै पनि सरकारी स्रोत र साधनको प्रयोग नगरी जान पाईन्छ भन्ने व्यवस्था छ । तदनुसार नै अहिले जसजसले सहमति लानु भएको छ । हामीले दिएका छौं । केही समय अघि सम्माननीय प्रधानमन्त्रीज्यूको विषयमा उठेको विषय पनि त्यही नै हो ।

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले संचार संस्थाको अनुगमन नगर्ने बताउनु भयो । आयोगले आचारसंहीता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टिकरण सोधेको भए सच्याउने बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘यो जहाँसम्म मिडियाको अनुगमन कुन चिट्ठी कहिले के लेख्यो भन्ने विषय चाँही ती गौण हुन । स्पष्टिकरण सोध्न एउटा टिम बनाइएको छ । उहाँहरुले हेर्नु हुन्छ । अनुगमन गर्नु हुन्छ । सिधा सोध्नु हुन्छ ? किनभने स्पष्टिकरण सोध्नका लागि आयोगले अधिकार प्रत्योजन गरेको छ । कारबाही चाँही आयोगले गर्नुपर्ने भएकाले पछि हुन्छ । हामी त्यसलाई सच्याउँछौंं । म फेरी पनि प्रष्ट पार्न चाहन्छु–आयोगले कुनै पनि मिडियाको अनुगमन गर्दैन । ग¥यो भने पनि के रहेछ भनेर थाहा पाउन मात्रै गर्छ । यदि आचारसंहिता विपरित काम भएको छ भने त्यो कुरा प्रेस काउन्सिलले हेर्ने हो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि पटकपटक दोहो¥याउनु भयो ।