२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउने भएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले प्रतिवेदन तयार गरेर प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो । 

विहान साढे ९ बजे बुझाउने प्रतिबेदन सबैको अपनत्व हुने गरी तयार पारिएको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतलाई पनि परामर्श लिएर प्रतिवेदन तयार पारिएको हो ।

प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ । प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई पनि बुझाइने श्रेष्ठले बताए ।