२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध

अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध
अ अ+ अ-

गलकोट । जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेसँगै यात्रुलाई सहज भएको छ । 

बर्खाको समयमा निकै समस्या झेलेर पुल निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले स्तरोन्नति गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुलमध्ये लुकुरबन खोलाको पक्की पुलमा सवारी गुड्न थालेका छन् भने भालुवाङ खोलाको पुल ९५ प्रतिशत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यो दुवै पुल बनेपछि बर्खायाममा दुईवटा खोलामा गाडी परिवर्तन गर्नुपर्ने र पैदल यात्राको सकस बेहोर्नुपर्ने बाध्यता अन्त्य हुन थालेको छ । 

अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसँगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ तर पुल अभावमा बर्खाको चार महिना समस्या भए पनि आगामी बर्खामा यस्तो समस्या नहुने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । “लुकुरबन खोलाको पुलमा सवारी हिँड्न थाले, भालुवाङमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ, बर्खाको चार महिना गाउँपालिकाको केन्द्रसम्म यातायातको सम्बन्ध विच्छेद हुने अवस्था अब अन्त्य भएको छ, पालिका सदरमुकामदेखि माथि त धेरै पुल बन्न बाँकी नै छन्”, अध्यक्ष बुढाले भन्नुभयो “दुर्गम मानिएको बोङ्गादोभान बजारमा बुर्तिबाङबाट एक घण्टाभित्रै पुग्न सकिने भएको छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सडक र पुल निर्माण गरेर दुर्गम मानिएको गाउँपालिकाको परिचय बदलिएको छ ।” अध्यक्ष बुढाका अनुसार हिउँदमा तमानखोलाका सबै वडामा सवारी पुग्ने सडक बनाइएको छ । 

बुर्तिवाङबाट तमानखोला सम्मको नौ दशमलव आठ किलोमिटर सडक ग्राभेल गर्नका लागि २०७५ साल वैशाख १० गते कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरी रु १७ करोड नौ लाखमा सडक निर्माण सम्पन्न गरिएको छ । उक्त सडकमा दुई पक्की पुल निर्माण करिब सकिएको  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिनुभयो । “बर्खामा ढलान गरेको भालुवाङ खोलाको पुल झण्डै बगाएको थिएन, प्राविधिक, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाको सहयोगमा खोलालाई धार परिर्वतन गराएर क्षतिबाट जोगायौँ, ढलान भएको केही दिनमै उक्त खोलामा बाढी आएको थियो”, पाण्डेले भन्नुभयो, “उक्त खोलाको पुल निर्माण ९५ प्रतिशत सकिएको छ, लुकुरबनको पुलमा सवारी गुड्न थालेका छन् ।”

भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनर्निर्माण गर्ने आयोजनाले यो सडक निर्माणसँगै पुल निर्माणसमेत गरेको पुनर्निर्माण प्राधिकरण आयोजनाका इन्जिनीयर हरिशचन्द्र बडूले जानकारी दिनुभयो ।  उहाँका अनुसार कोरोनाका कारण लुकुरबनको पुल निर्माण केही महिना रोकिएको थियो । रु तीन करोड ६६ लाखको बजेटमा लुकुरबन खोला पुल निर्माण भएको छ । विसं २०७६ मङ्सिरदेखि शुरु भएको उक्त पुल २५ मिटर लम्बाइ र आठ दशमलव पाँच मिटर चौडाइ रहेको पुल निर्माणको जिम्मा पाएको कर्ण÷प्रदीप÷जुम्ली जेभीले जनाएको छ ।  

यस्तै नौ महिनामा सक्ने गरी २०७७ साल असोज १२ गते निर्माण सुरु भएको भालुवाङ खोला पक्की पुल  कोरोनाका कारण केही महिना ढिला गरी सम्पन्न हुन थालेको छ । रु चार करोड ४२ लाखमा नयाँबाटोरसूर्योदयरबीएम जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल ४० मिटर लम्बाइ र  आठ दशमलव पाँच मिटर चौडाइको छ । बागलुङ जिल्ला सदरमुकामपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान क्षणभरमै पुग्न थालेपछि स्थानीयवासीलाई आवतजावत सहज भएको मात्रै छैन अब बर्खामा समेत यातायातका साधन सञ्चालनमा आउने भएको छ ।  

जिल्ला सदरमुकामबाट ९२ किलोमिटर मध्यपहाडी पुष्पलाल राजमार्ग र त्यसपछि १० किलोमिटर बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न सकिन्छ । पुल नहुँदा बर्खाको चार महिना यातायातका साधन ठप्प हुँदै आएका थिए । ‘ट्र्याक’ निर्माणपश्चात् बुर्तिवाङदेखि तमानखोलासम्म निकै सास्ती खेपेर करिब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माणसँगै करिब आधा घण्टामै सरर तमानखोलाको केन्द्र पुग्न सकिनेछ । खेमराज गौतम/रासस