२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिगण्डकीमा र्याफ्टिङ शुरु भएसँगै बढे आन्तरिक पर्यटक



अ+ अ-

पाल्पा । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्याफ्टिङ शुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ ।

शाहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् । कोभिड १९ का कारण करिव दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउनु हुन्छ ।

उहाँहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको बताउनु भयो । शर्माले रानीमहल मात्रे भनेर घुम्न गएपनि र्याफ्टिङ रहेको थाहा पाएपछि र्याफ्टिङ चढेको बताउनु भयो । नेपाललाई नै राम्रोसँग चिन्ने हो भने रमाइलो मनाउनका लागि विदेश गइरहनु नपर्ने पौडेलको भनाइ थियो ।

रानीमहलको बायाँबाट बग्ने पवित्र कालिगण्डकीमा दैनिक सयौंको संख्यामा स्थानियदेखि वाह्य पर्यटक र्याफ्टिङको मज्जा लिन आउने गरेका छन् । हाल रानीमहलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा शुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउनुहुन्छ ।

गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका,पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिव २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालेको बताउनु भयो । उहाँले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीन वटै पालिकाबीच आपसी समन्वय,छलफल र सहकार्यमा जुटेको बताउनु भयो ।

जल यात्रामा रमाउन लाखौं रुपैयाँ खर्चिएर नेपालीहरु विदेशमा जानुपर्ने बाध्यता बनिरहेका बेला स्वदेशमा नै शुरु भएको र्याफ्टिङप्रति वाह्य पर्यटकको आकर्षण बढाउनसकेको खण्डमा विदेशी मुद्राको आर्जन हुनुका साथै नेपालको पर्यटनसमेत उकासिने पर्याप्त आधार देखिन्छ ।